अध्यागमन विभागले सुरु गर्‍यो ११ अफगानीमाथि अनुसन्धान


काठमाडौं – अध्यागमन विभागले अवैध ढङ्गले नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकमाथि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सिनामंगलस्थित एक होटेलबाट पक्राउ गरी उनीहरूलाई अध्यागमन विभागमा बुझाएको थियो ।

पक्राउ परेका अफगानीमाथि अध्यागमन ऐन–नियम अनुसार नै कारबाही हुने बताइएको छ । अध्यागमन विभागको हिरासतमा रहेका ११ अफगानी नागरिकले नाका छलेर नेपाल प्रवेश गरेका हुन् ।

पक्राउ परेका अफगानीमध्ये केही बालबालिका र महिला समेत छन् ।

प्रतिक्रिया