काठमाडाैं प्रशासनद्वारा गोल्डेन नेपाल सप्लायर्समा छापा, १४ लाखको सामान नष्ट


काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्ला दिनमा नक्कली सामान बिक्री वितरण गर्नेहरुको फर्ममा छापा मार्ने क्रमलाई तिब्रता दिएको छ ।

उपत्यकाका विभिन्न फर्महरुले गुणस्तरहीन सामानहरुलाई रिलेबलिङ गरी बजार पठाउने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालयले अनुमगमनलाई तीब्रता दिएको प्रमुख  जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले बताए ।

रिजालका अनुसार अनुगमन समितिले टोखा नगरपालिका वडा नं. ५ मा रहेको गोल्डेन नेपाल सप्लायर्समा छापा मारी १४ लाख बराबरको अवैध सामाग्री बरामद गरेको छ । उक्त सप्लायर्सले सामानहरुमा रिलेबलिङ गरी बजार पठाउन तयार गरिरहेको सूचनाका आधारमा प्रशासनले छापा मारेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको संयोजकत्वमा छापा मारी उक्त सामाग्री बरामद गरेको प्रशासनले उक्त फर्मलाई ३ लाख रुपैयाँ जरिवानासमेत सुनाएको छ ।

काठमाडौं प्रशासनले यस दशैंको समयमा उपत्यकाका विभिन्न फर्महरुमा छापा मारी कानुनविपरितको काम गर्ने २ सय ५१ फर्महरुलाई कारबाही गरि जरिवानासमेत सुनाएको थियो ।

प्रतिक्रिया