फाइजर खोप कात्तिक २८ देखि लगाइने


काठमाडौं – कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट आएको कोभिडविरुद्धको १ लाख ६२० डोज फाइजर खोप २८ कात्तिक देखि लगाइने भएको छ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार २८ गतेदेखि मंसिर ३ गतेसम्म यो खोपको पहिलो डोज लगाइने बताए। फाइजर खोप पहिलो डोज लगाएको ३ देखि ४ हप्ताको बीचमा दोस्रो डोज लगाउनुपर्ने समेत उनले बताए ।

विहान ९ बजे कतार एयरको नियमित उडानबाट ल्याइएको खोप हाल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट रिसिभ गरी टेकु तर्फ लगिसकेको स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाले जनाएको छ ।

यस्तै बालबालिकालाई समेत लगाउन मिल्ने अमेरिका र युरोपमा बढी विश्वसनीय मानिएको यो खोपलाई नेपालमा भने १२ बर्ष माथिका दीर्घ रोगीहरुलाई लगाइने भएको छ।

त्यसैगरी दाहालका अनुसार फाइजर खोप लगाउन हाल उपत्यकामा ९ वटा केन्द्र गरि देशभर २४ वटा खोप केन्द्र तोकिएको समेत उनले बताए।

प्रतिक्रिया