
सर्वोच्चमा सकसः इजलास बहिष्कार, प्रधानन्यायाधीशलाई संयुक्त धारणा सुनाउने निर्णय
काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबार तोकेको इजलास बहिस्कार गरेका सबै न्यायाधीशले मंगलबार संयुक्त धारणा बुझाउने निर्णय गरेका छन्।
७ वटा इजलास तोकिए पनि १४ जना न्यायाधीशले बहिष्कार गरेका थिए। सत्तामा भागवन्डा माग गरेको विषयले प्रधानन्यायाधीश राणा विवादमा तानिएपछि अन्य न्यायाधीशहरूले फूलकोर्ट पनि बहिष्कार गरेका थिए।
प्रधानन्यायाधीशबाहेकको बैठक न्यायाधीश मिरा खड्काको च्याम्बरमा बसेको थियो। अन्य न्यायाधीशले मंगलबार धारणा सार्वजनिक गर्नेछन्।



कागजपत्र |
