सशस्त्र समूह र तालिबान लडाकुबिच भिडन्त, बालबालिकासहित १७ जना मारिए


एजेन्सी – अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबिच भएको छ ।

पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उद्धृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।

‘तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जनाको शव हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ’, स्रोतलाई उद्धृत गर्दै स्पुटनिकले लेखेको छ, ‘ती सबैको गोली लागेर मृत्यु भएको हो ।’

अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तीमा तीन जना अपराधी मारिएका थिए ।

प्रतिक्रिया