‘एमसीसी पास गर्न सबै दल सहमतिमा आउनुपर्छ’


काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेकै अवस्थामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुन नसक्ने बताएका छन्। सबै दलको सहमतिपछि मात्रै एमसीसी पारित हुने खड्काको भनाइ छ।

उदयपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धनभित्र सहमति भएमात्रै एमसीसी पास हुने बताएका हुन्। ‘गठबन्धनभित्र त सहमति हुनैपर्यो। एमालेको पनि सहमति आवश्यक हुन्छ’, उनले भने।

संसदमा दर्ता भइसकेकाले एमसीसी पारित गर्न सबै दल सहमतिमा आउने विश्वास पनि उनले व्यक्त गरे। उनले सबै दलको साझा सहमति हुँदा मात्रै एमसीसी संसद्‌बाट पास हुने बताए। उनले साझा सहमतिका लागि प्रयत्‍न गरिरहेको बताए।

केही दिनअघि मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी नेपालको हितमा भएको बताउँदै कुनै विवाद गर्न आवश्यक नरहेको बताएका थिए।

प्रतिक्रिया