आजको मौसमः हिमाली क्षेत्रमा हिमपात, अन्यस्थानमा वर्षा


काठमाडाैं – मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ ।

जसकारण आज (सोमबार) दिउँसो प्रदेश १, २, वाग्मती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सोमबार राति पनि गण्डकी, वाग्मती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया