प्रभु साह फर्किए, भिम रावल बिच्किए


काठमाडौं– ८ बुँदे असहमति राख्दै निष्क्रिय रहेका माओवादीबाट एमालेमा समाहित नेता प्रभु साह अब सक्रिय हुने भएका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि स्थायी कमिटी बैठकले उनीनिकट दुई जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो।

पार्टीमा सक्रिय भएका साह अध्यक्ष ओलीसँगै झापा र मोरङका कार्यक्रममा सहभागी हुने भएका छन्। साहसँगै लेखराज भट्ट, सुवास नेम्वाङलगायतका नेता आइतबार झापा जानेछन्।

साह एमालेमा सक्रिय भए पनि उपाध्यक्ष भिम रावल भने बिच्किएका छन्। अध्यक्ष ओलीले १० बुँदे सहमतिको एकतारे नबजाउन भनी दिएको अभिव्यक्तिका कारण रावल बिच्किएका हुन्। १० बुँदेअनुसार पहिल्येकै जिम्मेवारीमा फर्किनुपर्ने सर्तको कार्यान्वयन हुन सकेको छैन।

रावल एमाले सुदूरपश्चिम प्रदेशका इञ्चार्ज थिए। तर, ओलीले उक्त प्रदेशमा माओवादीबाट आएका भट्टलाई जिम्मेवारी दिएका छन्। पार्टी एकताका लागि तय गरिएको १० बुँदे कार्यान्वयन नभएको भन्दै रावल असन्तुष्ट छन्।

प्रतिक्रिया