पछिल्लो २४ घण्टामा ५१३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु


काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९३१ जनाको कोरोना परीक्षण गर्दा ५१३ जनामा कोरोना भायरसको संक्रमण पुष्टि भएको हो।

शनिबार ४ हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ३४५ पुगेको छ।

शनिबार देशभरबाट थप ८१७ जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.३ प्रतिशत छ।

नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया