

प्रदेश १ का मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

विराटनगर – प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ ।
शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र आइतबार मतदान हुने बताए ।
नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा अल्पमतमा परेका छन् । शुक्रबारको बैठकमा भने मुख्यमन्त्री राईले प्रदेशसभासमक्ष विश्वासको मत माग्नेछन् ।

