

भारत र चीनबाट फाईदा लिने मौका नचुकाऔं : गगन थापा

काठमाडौं – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाएका छन्। नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए ।
‘कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताए ।
यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं। जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ। फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ ।’

