मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने


मकवानपुर – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिने भएको छ ।

प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गरे ।

आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक ढिलो सुरु भएका कारण आजै मतदान गर्ने कार्यलाई सम्भव नभएका कारण कात्तिक १० गते पु¥याइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।

यसैगरी मुख्यमन्त्री शाक्यले उक्त बैठकमा विश्वासको मत लिने कार्यका लागि संसद्मा रहेका सबै दलसँग आग्रह गर्दै दलगत स्वार्थभन्दा माथि उठेर संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया