

महाकाली नदी बस्तीमा छिर्ने खतरा बढ्यो

कञ्चनपुर – महाकाली नदीले पक्की सडक कटान गरेपछि बाढी बस्तीमा छिर्ने खतरा बढेको छ ।
गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढीले निर्माणाधीन ६ लेनको पक्की सडक कटान गरेपछि महाकाली नदीको बाढी बस्तीमा छिर्ने खतरा बढेको हो ।
बाढी बस्तीमा छिरेसँगै पछि भीमदत्त नगरपालिकाको वडा नम्बर ११, १२ र १३ का चार सय बढी घर परिवार विस्थापित हुने भएका छन् ।
विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ । हिजो ९मंगलबार० ९२ वर्ष यताकै ठुलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ ।
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ ।
यसअघि, सन् २०१३ मा ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।
उता दोधारा चाँदनी नगरपालिकामा अधिकांश घरहरु डुबानमा परेपछि झन्डै तीन सय बढी घरपरिवार विस्थापित भएका छन् ।
विस्थापितलाई विद्यालय तथा अन्य सुरक्षित ठाउँमा राखिएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार महाकाली नदिमा पानीको बहाव साढे तीन लाख क्युसेक मापन गरिएको छ । नदीमा बहाव घट्दो क्रममा रहेको छ ।

