२४ घन्टाको रिपोर्टः १०२४ कोरोना संक्रमित


काठमाडौं– २४ घन्टामा नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको हो। १० जनाको मृत्यु भएको छ। २४ घण्टामा २२०६ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १५७७ पुगेको छ।

प्रतिक्रिया