अस्पताल पुगेर गृहमन्त्री खाणले मोहन वैद्यलाई भेटे


काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बालकृष्ण खाण थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्।

उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। लामो समयदेखि दम रोगबाट पीडित वैद्यको उपचार र स्वास्थ्य अवस्थाबारे मन्त्री खाणले उनको उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि जानकारी लिए।

वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाणले बताए।

प्रतिक्रिया