

उपत्यकामा सार्वजनिक यातायातको भाडादर बढ्यो

काठमाडौं – बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म वृद्धि गरिएको छ ।
आजबाट काठमाडौँ उपत्यकामा २८ र उपत्यका बाहिर २३ प्रतिशत भाडा दर वृद्धि भएको हो ।
करिब ३ महिना अगाडि केन्द्र सरकारले अन्तर प्रदेशको भाडा २८ प्रतिशत नै वृद्धि गरेको थियो ।
पहिले २० रुपैयाँ भाडा भएको दुरीमा अब २५ रुपैयाँ पुगेको छ भने नजिकै झर्दा १५ रुपैयाँ भाडा लिने गरेकोमा डिलक्स भन्दा बाहेकका सार्वजनिक सवारीले १८ रुपैयाँ भाडा लिनेछन् ।
डिलक्स सुविधा प्रदान गर्ने सार्वजनिक यात्रुवाहक सवारीले नयाँ भाडा दरमा २० प्रतिशत थपेर भाडा लिन पाउने छन् ।

