आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि मनाइँदै


काठमाडौं – आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस। नेपालमा पनि मनाइँदैछ।

संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका रुपमा मनाउँदै आएको छ।

दिवस मनाउनुको मुख्य उद्देश्य चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्नु रहेको छ।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ। सोहीअनुसार दिगो विकासका लक्ष्यहरु निर्धारण गरी गरिबी निवारणका कामहरु भइरहेका छन्।

नेपालमा पछिल्लो दुई दशकदेखि गरिबी निवारणलाई विकास प्रयासको प्राथमिकतामा राखी कार्यक्रमहरु सञ्चालन गरिएको छ। दशौं योजनादेखि गरिबीलाई आय गरिबी, मानवीय गरिबी, सामाजिक बञ्चितीकरण गरी तीन आयाममा विभाजन गरिएको छ।

दिगो विकासको लक्ष्यले सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ।

प्रतिक्रिया