गुल्मीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु


काठमाडौं – गुल्मीमा गएराति जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका–२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया संगीता सुनार रहेका छन्।

उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो।

त्यस्तै दुर्घटनामा छ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ।

जीप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो।

प्रतिक्रिया