विजया दशमीले सकारात्मक ऊर्जा थप्नेछ : राष्ट्रपति भण्डारी


काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा देशविदेशमा रहेका सबैमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गरेकी छन् ।

विज्ञप्तिमार्फत राष्ट्रपति भण्डारीले विजया दशमीले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले कोरोना महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैँ पर्व मनाउनका लागि पनि सबैमा आग्रह पनि गरेकी छन् ।

दशैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसादस्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेषरूपमा मनाउने चाड भएको उल्लेख गर्दै भण्डारीले नकारात्मक प्रवृत्तिका विरुद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमी पर्वको विशेष महत्त्व रहेको जनाएकी छन् ।

प्रतिक्रिया