ताइवानमा १३ तले भवनमा आगलागी, कम्तीमा ४६ जनाको मृत्यु, ७९ जना अस्पताल भर्ना


काओह्सिगं – ताइवानको दक्षिणी क्षेत्रमा पर्ने काओह्सिगं शहरमा रहेको १३ तले भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ।

स्थानीय समय अनुसार बिहीबार बिहानै आवासीय तथा व्यवयायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको सो भवनमा आगलागी भएको हो । आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुलाई चार घण्टा भन्दा बढी समय लागेको थियो ।

अग्नि नियन्त्रण विभागका अधिकारीले दिएको जानकारी अनुसार ७९ जना अस्पताल भर्ना भएको र त्यसमध्ये १४ जनाको अवस्था गम्भीर रहेको बिबिसीले उल्लेख गरेको छ ।

आगलागीको कारण खुलेको छैन, अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीले बताएका छन् । झण्डै १२० अपार्टमेन्ट रहेको भवनमा बस्नेहरु वृद्ध र कुनै किसिमको अशक्तता रहेकाहरु रहेको जनाइएको छ।

 

प्रतिक्रिया