नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश


काठमाडौं – नेपाल माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो ।

यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन । मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो ।

खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया