प्रचण्डसँग सहमति नभए प्रधानमन्त्री ओली आज पनि सचिवालय बैठकमा नजाने


काठमाडौं– दिउँसो १ बजेका लागि डाकिएको आजको नेकपा सचिवालय बैठकमा पनि प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव फिर्ता नलिने वा उक्त प्रस्तावमा उल्लेख गरेका ओलीविरोधी आरोपको प्रमाणित नगरेसम्म बैठकमा उपस्थिति नजनाउने ओलीले आफूनिकट नेतालाई बताएका छन्।

२६ भदौमा स्थायी समितिले गरेको निर्णयका आधारमा मात्र अगाडि बढ्न सकिने बताएका ओलीले त्यहाँ भएको कमजोरीका विषयमा भने छलफल गर्न सकिने जनाएको उच्च स्रोतले बतायो।

एउटा गुटको बहुमतका आधारमा चलाइने आरोपमाथिको छलफलमा आफू सहभागी नहुने जनाउ दिएका ओलीले पहिला प्रचण्डसँग संयुक्त प्रस्तावका निम्ति सहमति खोजेका छन्।

बालुवाटारमा डाकिएको सचिवालय बैठकअघि ओली–प्रचण्डको टुटेको संवाद गराउने र एउटा सहमतिको खाका तयार पार्ने अभ्यासमा महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सक्रिय भएका छन्।

प्रतिक्रिया