बेहुली कोरोना संक्रमित भएपछि अनौठो विवाह


क्यालिफोर्निया(एजेन्सी)–विश्वमा हालसम्म कोरोना भाइरसबाट ६ करोड ६२ लाख मानिस संक्रमित भइसकेका छन् । जसमा १५ लाख बढी मानिसको मृत्यु भइसकेको छ । विश्वका विभिन्न देशमा मानिसहरुलाई एकापसमा भौतिक दुरी कायम गर्न पटक पटक उर्दी जारी गरिसकिएको छ । यही बीचमा एक विवाहको तस्बिरहरु सामाजिक सन्जालमा भाइरल भइरहेको छ । जसमा बेहुली कोरोना संक्रमित भएर पनि विवाह गरिरहेकी छन् । बेहुलीले आफ्नो घरको झ्यालमा बसेर वैवाहिक कर्म गरिरहेकी छन् ।

क्यालिफोर्निया निवासी पेट्रिक डेलगाडो र लरेन जिमेनेज गत नोभेम्बरको अन्तिममा विवाहका लागि तयार भएका थिए । तर विवाह भन्दा तीन दिन अघि बेहुलीको स्वास्थ्य बिग्रिएपछि उनको स्वास्थ्य परीक्षण गराउदमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि बेहुली आइसोलेसनमै बसेर भए पनि वैवाहिक कार्यक्रमलाई पुरा गर्ने निर्णय लिइन् ।

विवाहका लागि उनीहरुले एक सजिएको रिबनलाई समातेर विवाहको कसम पुरा गरे । उनीहरुले रिबन समात्दा एकापसमा हात समातेको अनुभव गरेको बताए । तस्बिरमा बेहुली उनको घरको पहिलो तलमा आफ्नो कोठाको झ्यालमा बसेको देख्न सकिन्छ । बेहुला भने झ्यालको ठिक तल ढोकामा उभिएका छन् ।

लरेनका अनुसार जब उनलाई कोरोना संक्रमण भयो, त्यो बेला उनी निकै दुःखी भइन् । तर उनले आफ्ना साथीको सहयोग लिइन् । उनले कोरोना महामारीका कारण पहिला नै तीनपटक आफ्नो विवाहको मिति परिवर्तन गर्नुपरेको बताइन् । त्यही कारण पनि यसपटक अलग किसिमले विवाह गरेको उनको भनाई छ ।

प्रतिक्रिया