टी-२० विश्वकप विजेतालाई १६ लाख डलर पुरस्कार


काठमाडौं – यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १।६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो । कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् । यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चर्ण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।

आईसीसी टी२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

प्रतिक्रिया