रत्नपार्कबाट पूर्वडीआईजी खरेलको घोषणा– रहरले नभई बाध्यताले पार्टी स्थापना


काठमाडौं – नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक रमेशप्रसाद खरेलले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।

आइतबार रत्नपार्कस्थित शान्तिबाटिमा खरेलले एक पत्रकार सम्मेलन गरी पार्टी गठन गर्ने घोषणा गरेका हुन् ।

नेपाल सुशासन अभियानका रूपमा खरेल आफ्ना समर्थकसहित केही समययता सक्रिय छन्।

भ्रष्टाचार, अन्याय, अत्यचार र बेथितिविरूद्ध आफ्नो पार्टी सक्रिय रहने खरेलले पत्रकार बताए।

खरेलले नयाँ पार्टीको विचार, नीति र सिद्धान्तबारे आमरुपमा छलफल गर्ने बताए। त्यो विचार, नीति र सिद्धान्तबारे जनतालाई जानकारी दिएपछि पार्टी स्थापनाको प्रक्रियामा जाने बताए।

खरेलले यो रहरले नभएर बाध्यताले गर्दा पार्टी स्थापनामा जुटेको बताएका थिए ।

प्रतिक्रिया