पार्टीले चुनाव हारेपछि जर्जियाको प्रधानमन्त्रीले राजीनामा दिने


तबलिसी – जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाश्भीलीले राजीनामा दिनसक्ने देखिएको छ ।

गत फेब्रुअरीमा मात्रै प्रधानमन्त्रीको जिम्मेबारी सम्हाल्नु भएका उनले निर्वाचनमा नराम्रो नतिजा आएपछि राजीनामा गर्नुपर्ने देखिएको हो ।

यही अक्टोबर २ तारिखका दिन भएको निर्वाचनमा उनको पार्टी जर्जियन ड्रिम पार्टीले नराम्रोसँग हार बेहोरेको छ ।

पार्टीको उच्च स्रोतलाई उद्धृत गर्दै उनले राजीनामा दिनसक्ने समाचार स्थानीय सञ्चार माध्यमहरूले प्रकाशन तथा प्रसारण गरेका छन् ।

देशभरका सहर तथा जिल्लाहरूमा मेयर तथा सांसद चयनका लागि निर्वाचन भएकोमा उनका अधिकांश उम्मेदवार पराजित भएका जनाइएको छ ।

प्रतिक्रिया