आगलागी हुँदा एक घरमा क्षति


जुम्ला – जिल्लाको तातोपानी गाउँपालिका–५ लाम्रागाउँमा आगलागी हुँदा एक घरमा क्षति भएको छ।

बिहीबार बिहान माधवप्रसाद चौलागाईंको घरमा पूजा गर्ने क्रममा दियोबाट आगलागी भएको हुन सक्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईंले बताए।

दियो ढल्केर घरमा आगलागी हुँदा एउटा तलामा रहेको लत्ताकपडा अन्नपात सबै नष्ट भएको छ।

दिउँसो भएकाले आधा घण्टामै आगो नियन्त्रण भएकाले घर पूर्णरूपमा क्षति हुन जोगिएको सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईंले बताए।  सडकको सहज पहुँच भएकाले चन्दननाथ नगरपालिकाको दमकल र सुरक्षानिकायको सहायताले आगो नियन्त्रणमा आएको हो।

प्रतिक्रिया