माओवादी केन्द्रको विदेश विभाग गठन भएको छैनः नारायणकाजी श्रेष्ठ


काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता तथा प्रवास समिति प्रमुख नारायणकाजी श्रेष्ठले विदेश विभाग गठन नभएको बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत माओवादी केन्द्रले त्यस्तो विभाग गठन नगरेको जानकारी दिएका हुन्। पूर्वराजदूतहरू समेटेर विभाग गठन भएको विवरण सतहमा आएको थियो।

सुरेन्द्र कार्कीको अध्यक्षतामा ३१ सदस्यीय विदेश मामिला विभागमा पूर्वमुख्य सचिव तथा चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्याल र डा. महेश मास्केसहित पूर्वराजदूतहरू रहेको समाचार सार्वजनिक भएको थियो।

पूर्वराजदूतहरु ऋषिराम अधिकारी, युवनाथ लम्साल, राममणि पोखरेल, लक्की शेर्पा, पदम सुन्दास, महेन्द्र सिंह पनि रहेको बताइएको थियो। तर, नेता श्रेष्ठले उक्त समाचारमा सत्यता नभएको दाबी गरेका छन्।

प्रतिक्रिया