प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिँदै


जनकपुरधाम – प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले आज (बुधबार) विश्वासको मत लिने भएका छन्।

बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

गत बुधबार (असोज १३ गते) मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकबाट मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनका लागि असोज २० मा प्रदेशसभा अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो।

सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन्।

प्रतिक्रिया