माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दाको सुनुवाई प्रधानन्यायाधीश राणाको इजलासमा


काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । सर्वोच्चले पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई किन मुद्दा नचलाएको भन्ने विषयमा सोमबार सुनुवाई गर्ने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा सुनुवाईका लागि उक्त मुद्दा पेशीमा चढेको हो । दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा मुद्दा दायर थिए ।

निवेदन बमोजिम रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईको भूमिकाबारे फेरि अनुसन्धान गर्नुपर्ने हुन्छ ।

 

 

प्रतिक्रिया