प्रधानन्यायाधीश जबरा र सर्वोच्च बारका पदाधिकारीबीच छलफल


काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च बारका पदाधिकारीहरुबीच छलफल सुरु भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारी सोमबार प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको हो ।

स्रोतका अनुसार प्रधानन्यायाधीशले सरकारमा कोटा मागेको विषय सार्वजनिक भएपछि सर्वोच्च बारले प्रधानन्यायाधीशसँग यसबारे चासो राखेको हो ।

प्रधानन्यायाधीशकै कार्यकक्षमा केहीबेर अघि छलफल सुरु भएको हो ।

त्यसैगरी संवैधानिक इजलास गठनबारे भएको विवादका बारेमा बार एसोसिएसनका पदाधिकारी प्रधानन्यायाधीश जवराबीच छलफल हुनेछ । अध्यक्ष शाक्यले इजलास गठन विवादरहित बनाउन भनेर प्रधानन्यायाधीशको ध्यानाकर्षण समेत गराउने बताए ।

प्रतिक्रिया