यतीको दसैँ धमाका सार्वजनिक, स्कुटर देखि हिरा जित्ने मौका


काठमाडौं – दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर यती एयरलाइन्सले विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।

उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफआई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ ।

यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरूमा लागू हुनेछ ।

अग्रिम टिकट बुकिङ्ग गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया