अखिल क्रान्तिकारीको अध्यक्षमा दावेदार पाँच जना माओवादी केन्द्रीय सदस्य


काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी गरेर नपाएका पााच विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य बन्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अनेरास्ववियुको अध्यक्षमा दावी गर्ने विद्यार्थी नेताहरुबीच आइतबार बिहान प्रचण्ड निवासमा भएको छलफलमा संगठनको अध्यक्ष पञ्चासिंह बन्ने भएपछि अन्य पााच अध्यक्षका आकांक्षी विद्यार्थी नेतालाई पार्टी केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो ।

ुुु‘पञ्चाजी संगठनको अध्यक्षको जिम्मेवारी पाउने भएपछि आकांक्षी तपाईंहरु पार्टीको केन्द्रीय समिति सदस्य हुनुभयो, तपाइँहरुमा रहेको जोश, जाँगर र शक्ति पार्टी निर्माणमा खर्चनुस्’, अध्यक्ष प्रचण्डले भनेका छन् । माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाएको थियो ।

प्रचण्डको घोषणापछि विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

प्रतिक्रिया