खुमलटारमा प्रचण्डलाई भेट्दै ईश्वर पोखरेलको सुझाव– साझा प्रस्ताव तयार पार्नुहोस्


काठमाडौं– नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई २८ कात्तिको प्रस्ताव फिर्ता लिँदै साझा प्रस्ताव तयार पार्न सुझाव दिएका छन्।

शुक्रबार खुमलटारमा प्रचण्डलाई भेटेर पोखरेलले नेकपालाई विभाजनबाट जोगाउनका लागि साझा प्रस्तावको विकल्प नभएको र त्यसको पहल गर्न सुझाव दिएको स्रोतले बतायो।

शनिबार नेकपा सचिवालयको बैठक बस्नेछ । त्यसअघि नै अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको साझा प्रस्तावका निम्ति नेताहरू सक्रिय भएका छन्। विहीबार महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटेका थिए।

प्रतिक्रिया