मुख्यमन्त्री लालबाबु राउतको फेसबुकमा चिनियाँ केटीको प्रोफाइल फोटो !


काठमाडौं– प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतको व्यक्तिगत र मुख्यमन्त्री सञ्चार सचिवालयको फेसबुक ह्याक गरिएको छ।

‘सिएम लाल बाबु राउत’ नामक फेसबुक र उनको कार्यालय अन्तर्गत रहको ‘मुख्यमन्त्री सञ्चार सचिवालय’ पेजमा शुक्रबार चिनियाँ केटीको प्रोफाइल तस्बिर राखिएको छ।

मुख्यमन्त्री सचिवालयका कर्मचारी आतेश मिश्रले बिहान ९ बजेतिर दुबै पेज एकाएक ह्याक भएको जानकारी दिँदै प्रहरीको साइबर ब्युरोलाई जानकारी गराएको बताए। प्रदेश १ को धरानबाट यो पेज ह्याक भएको बताइन्छ।

प्रतिक्रिया