एमाले नेता बादलले पत्रकार सम्मेलन गर्दै


काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै छन्।

दिउसो २ बजे अल्फा हाउसमा नयाँ बानेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।

भोलिदेखि सुरु हुने विधान महाधिवेशनको व्यवस्थापनका विषयमा बादलले पत्रकार सम्मेलनमा जानकारी गराउने छन्।

विधान महाधिवेशन प्रचार उपसमितिका संयोजक खिमलाल भट्टराईका अनुसार पत्रकार सम्मेलनमा विधान महाधिवेशन स्थल गोदावरीसम्म जाने प्रतिनिधिहरुलाई आउजाउको व्यवस्था, खाना र खाजाको प्रबन्ध र अन्य प्राविधिक विषयका बारेमा बादलले स्पष्ट पार्नेछन्।

प्रतिक्रिया