प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गर्ने


काठमाडौं – प्रमुख विपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गर्ने भएको छ ।

संसद्को गतिरोध अन्त्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले आज (बिहीबार) १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद् छलेर अध्यादेश फिर्ता लिएको लगायतका विषयमा आफ्नो असहमति रहेकोले बैठकमा नजाने उनले बताए ।

प्रतिक्रिया