एकीकृत समाजवादीका अध्यक्ष नेपाल अस्पताल भर्ना


फाइल तस्बिर ।

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ । केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको गौतमले बताए ।

स्वास्थ्य संवेदनशीलताका कारण उनीसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको बताइएको छ ।

प्रतिक्रिया