

भिन्नभिन्नै स्थानमा ४ जना मृत अवस्थामा फेला

काठमाडौं- काठमाडौं महानगरपालिका-५ विशालनगर डेरा गरी बस्ने बुढानिलकण्ठ-३ घर भएका ६० वर्षीय सुवर्ण कुमार जोशी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानरगपालिका-२८ हरिसिद्धि खरीबोट डेरा गरी बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ४३ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
खोटाङ, दित्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई नेपाल बिद्युत प्राधिकरण खोटाङमा कार्यरत ३८ वर्षीय मनराज बास्तोला सोमबार मृत अवस्थामा फेला परेका छन् । रावाबेशी गाउँपालिका-३ मा विद्युत रिडिङ गर्ने गएका उनी सोही गाउँपालिका-३ बस्ने राजकुमार खत्रीको घरमा बास बसेकोमा सुतेकै अवस्थामा उनी मृत फेला परेका हुन् ।
सिन्धुली, फिक्कल गाउँपालिका-२ केबलपुर बस्ने ४७ वर्षीय हिदाको सार्की सोही ठाउँस्थित पानीको खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

