माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ, उपचारका लागि भोलि बैंकक लगिँदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्वस्थ भएका छन् । यसअघि देखि नै जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा पुन: समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ ।

उनलाई उपचारका लागि थाइल्यान्डको बैंकक लगिने भएको छ । उनलाई भोलि (बुधबार) बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी भोलि (बुधबार) बिहान आठ बजे बैंकक प्रस्थान गर्नेछन् ।

नेता पुन लामो समयदेखि जन्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित छन् ।

प्रतिक्रिया