नेप्सेमा आज ७३ अंककाे गिरावट, कारोबार रकम ५१२ करोडमा सिमित


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा ७३ दशमलव ५ अंकले घटेर २६ सय ८५ दशमलव ४१ विन्दुमा थामिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ९४ अंकले घटेर ५०६ दशमलव ३३ विन्दुमा रोकिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ७६ हजार ५ सय ८७ पटक कारोबार भएर ५ अर्ब १२ करोड ९७ लाख ३ हजार ९६ रुपैयाँ बराबरको १ करोड ४७ लाख ८ हजार ६८ कित्ता शेयर किनबेच भएको हो । आज १२ वटा उपसमुह राताम्मै छन् ।

आज गुडविल फाइनान्स, पोखरा फाइनान्स, नेपाल फाइनान्स, युनाइडेट मर्दी हाइड्रो, कालिका पावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड चार लाख ७८ हजार कित्ता शेयर पाँच अर्ब १२ करोड रुपैयाँ कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो १५ करोड ४९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया