हेलमन्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध, अटेरी गरे कडा सजाय


काबुल – अफगानिस्तानमा तालिबान सरकारले दाह्री काट्न प्रतिबन्ध लगाएको छ । दाह्री काट्ने वा मिलाउने कुराले इस्लामको नियम उल्लंघन भएको भन्दै तालिबानले हेलमन्ड प्रान्तमा यसमा बन्देज लगाएको हो ।

अटेर गरी दाह्री काटेमा सजाय दिइने चेतावनी पनि तालिबानले दिएको छ । राजधानी काबुलका सैलुन सञ्चालकले पनि आफूहरूलाई त्यस्तै निर्देशन आएको बताएका छन् । योसँगै तालिबानको शासन पहिलेको जस्तै कडा हुने संकेत दिएको छ।

२० वर्षअघि सत्तामा हुँदा पनि तालिबानको शासन निकै क्रुर रहेको भुक्तभोगी बताउँछन् । शनिवार मात्र तालिबाले अपहरण आरोपमा पक्राउ गरेका चार जनालाई मारेर सार्वजनिक स्थानमा झुण्ड्याएका थिए । एजेन्सी

प्रतिक्रिया