

विवेकशील नेपालकी उपाध्यक्ष राई साझा पार्टीमा नजाने

काठमाडौं — विवेकशील नेपाल दलकी उपाध्यक्ष अजीता राईले साझा पार्टीसँगको एकतामा सहभागी नहुने बताएकी छिन् । राईले दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा आफू सहभागी नहुने बताएकी हुन् ।
राईसहित कार्यालय व्यवस्थापन सचिव संगीता बाटाजुसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् ।
१३ जनाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति निकाली अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।
उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।
विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् ।
रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।
एकता प्रक्रियामा सहभागी नहुनेहरु:
१. अजीता राई – उपाध्यक्ष
२. संगीता बाटाजु – सचिव ९कार्यालय व्यवस्थापन०
३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य
४. छिरिंग तामाङ – संघीय समिति सदस्य
५. विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
६. जेसन बैद्य – संघीय समिति सदस्य
७. शिशिर राई – संघीय समिति सदस्य
८. जमाल अली – संघीय समिति सदस्य
९. आशीष राई – संघीय समिति सदस्य
१०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
१२. शशिविक्रम कार्की – संघीय समिति सदस्य
१३. आलोक सुवेदी – संघीय समिति सदस्य

