डा पोखरेललाई भारतमा पत्रकारिता पुरस्कार


काठमाडौं – वल्र्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको सम्मानस्वरूप न्यूजपेपर्स एसोसिएशन अफ, इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्राप्त गरेका छन् ।

भारतको आईएमएस गाजियावाद (विश्वविद्यालय कोर्स क्याम्पस) भारतको सहयोगमा न्यूज पेपर्स एसोसिएशन अफ इंडियाले सो पुरस्कार प्रदान गरेको हो ।

भारतीय जनता पार्टीका पूर्वराष्ट्रिय सचिव तथा उत्तराखन्डका पूर्वमुख्यमन्त्री तीर्थ सिहं रावतले आज नयाँ दिल्लीमा आयोजित कार्यक्रममा अवार्ड हस्तान्तरण गरे । सोही कार्यक्रममा भारतका ४० सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया