आज पनि अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा


काठमाडौं — प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री महम्मद अफताब आलमविरुद्धको मुद्दामा आज हुने भनिएको सुनुवाइ ‘हेर्न नमिल्ने’ भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।यसअघि आलमले जिल्ला र उच्च अदालतको आदेशबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

नेपाली कांग्रेसका नेता आलमलाई चुनावमा विष्फोटक पदार्थ र बमको प्रयोग गरेर ज्यान लिएको र ज्यान मार्ने उद्योग गरेको कसुरमा जिल्ला र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । सो आदेशविरुद्ध आलम सर्वोच्च गएका थिए । हाल उनी नख्खु कारागारभित्र थुनामा रहेका छन्।

उनको रिट निवेदनमा यसअघि पनि पटक पटक पेसी तोकिए पनि सुनुवाइ भने हुन सकेको छैन ।

प्रतिक्रिया