दसैंका लागि अग्रिम टिकट बुकिङ खुला, यस्तो छ भाडा दर


काठमाडौं – नेपालीको माहान चाँड दसैंका लागि सरकारले असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो।

यो निर्णयसँगै तोकिएको मितिदेखि धमाधम टिकट बुकिङ गर्न सकिन्छ।

विषेश पर्व दशैंमा व्यापार व्यवशाय र पढाईको सिलसिलामा काठमाडौँ उपत्यका लगायत विभिन्न शहरमा बस्दै आएका मानिसहरु गाउँ फर्किने हुँदा यातायात सेवा सहज, सरल र सुलभ बनाउन यातायात व्यवस्था विभाग अग्रिम टिकट बुकिङको व्यवस्था गरेको हो ।

सरकारले गत असारदेखि सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ। यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाइएको भए पनि अन्तर प्रदेशको भाडा समायोजन लागू हुन सकेको छैन।

यातायात व्यवस्था विभागले २०६५ मा बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्ड अनुसार भाडा समायोजन गर्दै आएको छ।

प्रतिक्रिया