एमालेको नाराबाजीका बीच बजेटसम्बन्धी दुई विधेयक पारित


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई बहुमतले पारित गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसदको वेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अघि बढाए ।

 

प्रतिक्रिया