मृत अवस्थामा भेटिएका ५ मध्ये डुबेर ३ जनाको मृत्यु   


काठमाडौं – रुपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित नालामा सोही ठाउँ बस्ने २९ वर्षीय दिलिप कुमार मल्लाहा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, मरिण गाउँपालिका-६ सिरुटार बस्ने ४९ वर्षीय जसबिर मोक्तान बुधबार आफ्नै घरभित्र बुधबार मृत अवस्थामा फेला परेका छन् ।

डुबेर ३ जनाको मृत्यु

कञ्चनपुर, पुनर्बास नगरपालिका-८ कंकड बस्ने रामजस रानाको छोरा २ वर्षीय अंकित राना आफ्नै घर पछाडि रहेको खाल्डोमा जमेको पानीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको पुनर्बास पोलिक्लिनिक आईबिआरडितर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।

सप्तरी, महदेवा गाउँपालिका-२ अकबरपुर बस्ने रामचरित्र मंडलकी छोरी ५  वर्षीया सिवानी मंडलको आफ्नै घर नजिक पोखरीमा नुहाउने क्रममा डुबेर बुधबौर दिउँसो मृत्यु भएको छ ।

बारा, फेटा गाउँपालिका-१ त्रिवेणी बस्ने जोखन दासको छोरा ७ वर्षीय कृष्ण दास तत्वाको सोही ठाउँस्थित नारायणी नहरमा नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया