

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ – नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज (बिहीबार)बस्दै छ ।
बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।
काँग्रेस नेता गोपालमान श्रेष्ठका अनुसार महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको सङ्ख्या माग गर्ने, भागबन्डा टुङ्गो लगाउन दबाब दिने तयारी गरेको छ ।
काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो (बुधबार) पनि छलफल गरेका थिए ।

