आज संसदमा दुवै सदनका बैठक एकैसाथ बस्दै, यस्तो छ कार्यसूची


काठमाडौं – राष्ट्रिय सभा र प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसदको दुवै सदनको बैठक दिउँसो २ बजे एकैसाथ सुरु हुने जनाइएको छ ।

संघीय संसद सचिवालयले बुधबार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष टेबुल गरेका थिए ।

एमालेले नवौं अधिवेसन सुरु भएदेखि दुबै सदनमा अवरोध जारी राखेको छ ।

सरकारले लोकतन्त्र र पार्टीहरुलाई कमजोर बनाउनका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र एमालेले कारबाही गरेका सांसदहरुको सूचना सभामुखले टाँस नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै विरोध गरिरहेको छ ।

प्रतिक्रिया